दफा ९
लेखा र लेखा परीक्षण
९. लेखा र लेखा परीक्षण ः
(१) समितिको आय–व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।
(२) समितिको लेखा परीक्षण महालेखा परीक्षकको विभाग वा सो विभागबाट तोकेको लेखापरीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले समितिको आय–व्ययको लेखा, तत्सम्बन्धी कागजात र अरु नगदी वा जिन्सी जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।